अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४४ | Colorodo: 10:59

मन्त्री सुमना श्रेष्ठ लक्षित अभिव्यक्तिमा ओलीको प्रष्टीकरण- त्यो कसैसँग सम्बन्धित छैन

बिआरटीनेपाल २०८१ जेठ २५ गते ६:४७ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले दिएको अभिव्यक्ति शिक्षा मन्त्री सुमना श्रेष्ठसँग सम्बन्धित नभएको प्रष्टीकरण दिनुभएको छ । केही समयअघि विदेशीसँग विवाह गरेर नेपाल घुम्न आउँदा मन्त्री बनेको भन्ने ओलीले अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि मन्त्री श्रेष्ठले पनि त्यसको प्रतिवाद गर्नुभएको थियो ।

तर, ओलीले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूलाई कुरा गर्दै आफूलाई त्यसमा जोड्नुको अर्थ नहुने बनाउनुभयो । त्यसबारे ओलीले भन्नुभयो, ‘त्यो कसैसँग सम्बन्धित छैन, संयोगले कसैसँग कुनै नाम मिले जस्तो, ठेगाना मिलेजस्तो पनि लाग्दैन मलाई, त्यसलाई अनावश्यक ढंगले जोड्नु व्यर्थ छ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय