अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३९
| Colorodo: 10:54
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयले सङ्गठनका उद्देश्य प्राप्तिका निम्ति अध्यक्ष राष्ट्र नेपालसँग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेको बताएको छ । सचिवालयले सार्क प्रक्रियालाई सुदृढ बनाउन र यसको बडापत्रमा निहित लक्ष्य र सिद्धान्त प्राप्तिमा नेपालसँग सहकार्य गरिरहेको बताएको हो ।
सार्कका महासचिव गोलाम सरवारको हालैको पाकिस्तान र भारत भ्रमण सम्बन्धमा प्रेस विज्ञप्ति जारी गरेर सचिवालयले यस्तो बताएको हो । हालै महासचिव सरवारले पाकिस्तानका प्रधानमन्त्री मुहम्मद सेहेवाज सरिफसँग शिष्टाचार भेट गरी सार्ककका प्रगति एवम् गतिविधिबारे जानकारी गराउनुभएको थियो । पाकिस्तानका प्रधानमन्त्रीले १९ औँ सार्क सम्मेलन यथाशक्य चाँडो गर्ने आफ्नो देशको चाहना व्यक्त गर्नुभएको सचिवालयले जनाएको छ ।