अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४० | Colorodo: 14:55

गाँजाको व्यावसायिक उत्पादन र अध्ययन कानूनी रुपमा तत्काल सहज बनाउन सरकारलाई निर्देशन

बिआरटीनेपाल २०८१ जेठ २५ गते ५:४६ मा प्रकाशित

गाँजाको व्यावसायिक उत्पादन र अध्ययन अनुसन्धानका लागि कानूनी रुपमा सहज बनाउने सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

समिति बैठकमा बोल्दै समिति सभापति डा.आरजु राणाले बजेटमा उल्लेख गरेको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने कानून निर्माण गर्ने विषयलाई कार्यान्वयन सहज वातावरण बनाउन गृह र अर्थ मन्त्रालयलाई अनुरोध गर्नुभयो । उहाँले गाँजा खेतीका विषयमा सबै नागरिकलाई सरकारले गरिरहेको काम र नीतिका विषयमा चासो बढाएको बताउनुभयो ।

सभापति राणाले गृह मन्त्रालयबाट शुरु हुने पर्ने प्रथम पाइलालाई मन्त्रालयले एक महिना भित्र नियमवाली बनाउने प्रतिवद्धता सकारात्मक भएको बताउनुभयो । उहाँले एक महिना भन्दा पनि आगामी भाद्र महिनासम्म गृहमन्त्रालयले बनाउने नियमावली बनाएर समितिलाई बुझाउन आग्रह गर्नुभयो । उहाँले तीन महिनासम्म सरकारले गर्ने काम हर्ने आवश्यकता अनुसार उपसमिति बनाएर गाँजा खेतीको विषयमा आवश्यक काम गर्ने बताउनुभयो । उहाँले अर्थ र गृह मन्त्रालयलाई गाँजा व्यावसायिक उत्पादन गर्ने लगायत विषयमा भएको छलफल कार्यान्वयन गरेर लैजान निर्देशन दिनुभयो ।

सभापति राणाले गाँजा खुला गर्दा हुने नकारात्मक पक्षलाई पनि आत्मसाथ गरेर जानुपर्ने बताउनुभयो । उहाँले गाँजाको अध्ययन र अनुसन्धान गर्न तत्काल बाटो खोल्न गृह मन्त्रालयलाई अनुरोध गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय