अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४१ | Colorodo: 17:56

१४ किलो सुन तस्करी प्रकरणमा ८ जना प्रतिवादीलाई थुनामै राख्न आदेश

बिआरटीनेपाल २०८१ जेठ २४ गते ७:२९ मा प्रकाशित

उच्च अदालत पाटनले १४ किलो सुन तस्करी प्रकरणमा सबै प्रतिवादीहरूलाई थुनामा पठाउने आदेश गरेको छ। बिहीबार उच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र हेमन्त रावलको इजलासले काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गर्दै उनीहरूलाई थुनामा पठाउने आदेश गरेको हो।

यसअघि जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थुनामा पठाउन आदेश दिएको थियो। उच्चले जिल्ला अदालत काठमाडौँले यसअघि थुनामा पठाउने भनी गरेको आदेश मिलेकै देखिएको भन्दै सोही आदेश सदर गरेको हो।

सुन तस्करीको अभियोगमा थुनामा रहेका लेकबहादुर तामाङ, रमेश देउला ,अनिल श्रेष्ठ, राधाकृष्ण श्रेष्ठ,शेरबहादुर बस्नेत ,कृष्णकुमार श्रेष्ठ,मीनबहादुर घले र जीवन गुरुङलाई उच्चले थुनामा पठाएको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय