अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४१ | Colorodo: 14:56

मधेसका मुख्यमन्त्री सरोज यादव विश्वासको मत पाउन असफल

बिआरटीनेपाल २०८१ जेठ २३ गते ९:२२ मा प्रकाशित

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत पाउन असफल हुनुभएको छ । बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्नेमा यादवको पक्षमा ५० मतमात्र आयो । उहाँको विपक्षमा ५३ सांसदले मत गरे । आजको बैठकमा १०३ सांसद उपस्थित थिए ।

जनता समाजवादी पार्टी नेपालबाट मुख्यमन्त्री बनेका यादवले पार्टी विभाजन भएको ३०औँ दिनमा विश्वासको मत माग्नुभएको थियो । आज विश्वासको मत नलिए उहाँ स्वतस् पदमुक्त हुने व्उवस्था थियो । संविधानको धारा १८८ को २ अनुसार मुख्यमन्त्री आबद्ध रहेको दल विभाजन भएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

०७९ पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका यादवले यसअघि ०७९ माघ ४ गते, ०८० जेठ ३० गते, ०८१ फागुन ६ गते र ०८१ वैशाख ४ गते विश्वासको मत लिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय