अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२१ | Colorodo: 18:36

क्यानाडाको टोरोन्टो विश्वविद्यालयमा नेपालभाषा प्रशिक्षण कक्षा सञ्चालन

बिआरटीनेपाल २०८१ जेठ २३ गते ७:५८ मा प्रकाशित

क्यानाडाको टोरोन्टो विश्वविद्यालयमा दोस्रो पटक नेपालभाषा प्रशिक्षण कक्षा सञ्चालन गरिएको छ ।विश्वविद्यालयले सञ्चालन गरेको टोरोन्टो नेवार समर स्कुलमा यस वर्ष नेपाल भाषाको आधारभूत वार्तालाप, आधुनिक नेपालभाषा साहित्य र पुरानो क्लासिकल नेपालभाषा प्रशिक्षण सञ्चालन भएको हो । विश्वविद्यालयको बौद्ध अध्ययन केन्द्रको आयोजनामा विश्वभर अनलाइनमार्फत यस वर्ष कक्षा सञ्चालनमा ल्याइएको हो ।

बौद्ध अध्ययन केन्द्रका प्रमुख प्रा.डा. क्रिस्टोफ इमिरिच, डा. कृतिस राजभण्डारी, मानवशास्त्री डा. बालगोपाल श्रेष्ठ, बौद्ध विद्धान इयान तर्नरपिस, साहित्यकार श्रीलक्ष्मी श्रेष्ठ, डा. मार्लिना फ्रिसोने, प्रेमशान्ति तुलाधर र डा. कार्मिलो ए फर्मिगाति लगायतले भाषा र साहित्यको प्रशिक्षण दिइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय