अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२५ | Colorodo: 18:40

शान्ति प्रक्रियाको बाँकी काम अविलम्ब टुंग्याउनुपर्छः सांसद सिटौला

बिआरटीनेपाल २०८१ जेठ २२ गते ६:३० मा प्रकाशित

नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाका बाँकी कामहरू अविलम्ब टुंग्याउनुपर्ने बताउनुभएको छ । मङ्गलवार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद सिटौलाले शान्ति प्रक्रियाको बाँकी कामहरू अविलम्ब टुंग्याउनुपर्ने बताउनुभएको हो। उहाँले तत्कालीन राज्य पक्ष र विद्रोही पक्षको चेपुवामा परेका नागरिकहरूले अझै पनि न्याय नपाएका भन्दै उनीहरूलाई न्याय दिनका लागि अरू ढिलो गर्न नहुने बताउनुभयो ।

सिटौलाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नसके राजनीतिक दलहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विवादको घेराबाट मुक्त हुन नसक्ने बताउनुभयो । उहाँले यस विषयलाई टुंग्याउन नसकेमा दलहरू बिचको विश्वास संकटग्रस्त बन्दै जाने बताउनुभयो । उहाँले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सरकारले प्राथमिकता दिनुपर्ने भन्दै प्रतिपक्ष दलहरू पनि रचनात्मक सहयोग गर्न तयार रहेको बताउनुभयो । सिटौलाले संघीयताको कार्यान्वयनसँग सम्बन्धित कानूनहरु निर्माण गर्न पनि ढिलो गर्नु नहुने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय