अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२८ | Colorodo: 18:43

नेदरल्याण्डसँग खेल्नुअघि युलेसस्थित पशुपतिनाथ र बौद्ध विहारको दर्शन गर्न पुग्यो नेपाली टोली

बिआरटीनेपाल २०८१ जेठ २२ गते ५:३७ मा प्रकाशित

आइसिसि टी—२० विश्वकपमा नेदरल्याण्डसँग भिड्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकाको टेक्सासमा रहेको युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको दर्शन गरेको छ ।नेपाली राष्ट्रिय टिम विश्वकपमा नेदरल्याण्डसँग प्रतिष्पर्धा गर्नुअघि नेदरल्याण्डसँग भिड्नुअघि टेक्सासको युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारमा पूजा आराधनामा खेलाडीको टोली सामेल भएको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टीमले आज टी—२० विश्वकपअन्तर्गत नेदरल्याण्डसँग आफ्नो खेल खेल्दैछ । खेल नेपाली समयानुसार राति सवा ९ बजेबाट शुरु हुनेछ । पूजाआजापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल क्रिकेट संघ ९क्यान० का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल तयारीको हिसावले सम्पूर्ण रुपमा राम्रो तयारी गरिरहेको बताउनुभयो । उहाँले नेपालले वेस्टइण्डिज र अमेरिकामा गरी करिव एक महिना तयारी गरिसकेको भन्दै राम्रो नतिजा निकाल्नेमा आशावादी रहेको बताउनुभयो । उहाँले २०१४ को भन्दा धेरै गुणा राम्रो तयारी रहेको बताउनुभयो । उहाँले खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेपछि मात्रै सबैतिरको ढोका खुल्ने बताउनुभयो ।

‘तयारीको हिसावले हामी राम्रो तयारी गरेका छौँ । टिम एकदम उत्साहित छ । मलाई लाग्छ अब एक महिना दिनको तयारी छ । रिजल्ट राम्रै दिन्छ भन्ने छ । २०१४ को भन्दा धेरै गुणा राम्रो तयारी छ । त्यो बेलामा यस्तो खालको तयारी कम हुने गर्दथ्यो । अहिलेको टिमले पनि उत्कृष्ट प्रदर्शन गर्ने आशा छ । खेलाडीहरुले खेलेर उत्कृष्ट प्रदर्शन गरेपछि मात्रै सबैतिरको ढोका खुल्ने हो । उच्च मनोबलका साथ खेल्नुस् भनेका छौँ । सब खेलाडी उत्साहित हुनुहुन्छ । टियुकै झल्को दिनेगरी दर्शकहरुको उपस्थिति हुनेछ ।’
अध्यक्ष चन्दले भन्नुभयो ।

अध्यक्ष चन्दले खेलाडीहरुलाई उच्च मनोबलका साथ खेल्न आग्रह गरेको र सबै खेलाडीहरु उत्साहित रहेको बताउनुभयो । उहाँले दर्शकको उपस्थिति पनि बाक्लो रहने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय