अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२४ | Colorodo: 18:39

दबाब सहनसक्ने टोलीले जित्छ : कप्तान रोहित पौडेल

बिआरटीनेपाल २०८१ जेठ २२ गते ५:२९ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्ड र नेपालबीचको खेलमा दबाब सहनसक्ने टोलीले नै गेम जित्ने बताउनुभएको छ । विश्वकप शुरु हुनुअघि भएको प्रिम्याच कन्फ्रेन्सका क्रममा कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । कप्तान पौडेलले विश्वकप खेल्नका लागि आफूहरु सबै उत्साहित रहेको बताउनुभयो । उहाँले १० वर्षपछि नेपालले टी—२० विश्वकप खेल्न लागिरहेको भन्दै उहाँले सबैभन्दा राम्रो प्रदर्शन गर्ने बताउनुभयो । उहाँले अहिलेका खेलाडीहरुको सपना आज पूरा हुन लागेको बताउनुभयो । उहाँले पहिलो खेल जित्नु महत्वपूर्ण हुने भन्दै जितका लागि आफूहरु खेल्ने बताउनुभयो ।

कप्तान पौडेलले भन्नुभयो, ‘हामी सबै जना उत्साहित छौँ । यो इभेन्ट एकदमै महत्वपूर्ण छ । विगत १० वर्षदेखि हामी खेलेका थिएनौँ । १० वर्षपछि हामी विश्वकप खेल्दैछाँै । नेपाल क्रिकेटको लागि यो महत्वपूर्ण कुरा हो । हाम्रो यो सपना थियो । हामीले त्यो अवसर पाइरहेका छौँ । २० वटा टिम छन् । सबै टिम ब्यालेन्स र प्रतिष्पर्धी हुनुहुन्छ । नेदरल्याण्ड्ससँग धेरै खेल खेलेका पनि छौँ । जसले प्रेसर ह्याण्डिल गर्दछ त्यही टिमले जित्छ । हामी बेस्ट दिनेछौँ । टुर्नामेण्टमा पहिलो खेल एकदमै महत्वपूर्ण हुन्छ । त्यसले एउटा आत्मविश्वास दिन्छ ।’उहाँले पहिलो खेल जितेर सबैमा आत्मविश्वास बढाउने सोच रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय