अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०२
| Colorodo: 02:17
हिजो दोहोरो अङ्कले बढेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार आज तीन दशमलव ९७ अङ्कले घटेर दुई हजार ७९ दशमलव शून्य सात विन्दुमा झरेको छ ।आज माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज एनआईबीएल स्टेबल फन्डको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर भने साढे नौ प्रतिशतले बढेको छ । आज तीन सय १६ वटा कम्पनीका ८८ लाख २० हजार कित्ता शेयर चार अर्ब ४० लाख रुपैयाँमा कारोबार भएको छ । बजार घटेको दिन सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको १४ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।