अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२७ | Colorodo: 18:42

संसद् बैठकमा रमाइलो छैन, वाक्क लाग्यो, म त निदाएछु : चित्रबहादुर केसी

बिआरटीनेपाल २०८१ जेठ २१ गते ५:०५ मा प्रकाशित

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले बजेटमाथिको छलफल पट्यारलाग्दो भएको बताउनुभएको छ ।आउँदो आर्थिक वर्षको बजेटमाथि आफ्ना धारण राख्न रोस्टममा पुग्नुभएका केसीले छलफल नै औचित्यहीनजस्तो देखिएको बताउनुभएको हो । ‘हामी जति उफ्रिए पनि, सुझाव दिए पनि अर्थमन्त्रीले पेश गरेको बजेट एक सुका, एक आना हुनेवाला छैन । यहाँ जे आएको त्यै नै पारित हुने हो’, उहाँले भन्नुभयो ।

सांसद केसीले बजेटमाथिको छलफल सुन्दा आफूलाई वाक्क लागेको र निदाएको पनि बताउनुभयो । ‘यो छलफलको औचित्य लाग्न छाड्यो । यही छलफलको कुरा सुन्दा सुन्दा वाक्क लागेर म त एकछिन निदाएछु । संसद् बैठक रमाइलो छैन । दिक्क लाग्दो छ’, उहाँले भन्नुभयो । संविधानमा समाजवाद उन्मुख शासन व्यवस्था हुने उल्लेख भए पनि त्यसका लागि बजेटमा कुनै कार्यक्रम प्रस्तुत नगरिएको भन्दै केसीले असन्तुष्टि पनि पोख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय