अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०४ | Colorodo: 21:19

राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश

बिआरटीनेपाल २०८१ जेठ २१ गते ४:५९ मा प्रकाशित

संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धि (पहिलो संशोधन) विधेयक सम्बन्धि समितिको प्रतिवेदन २०८१ प्रतिनिधि सभा बैठकमा पेश गर्नुभएको छ ।

सोमवार बसेको प्रतिनिधि सभा बैठकमा सभापति खतिवडाले सो विधेयकको प्रतिवेदन पेश गर्नुभएको हो । संवैधानिक निकायका पदाधिकारी नियुक्ति सम्बन्धमा कार्य विधि तथा संवैधानिक परिषदको कार्य सम्पादन गर्ने ऐन बनाउने कुरामा समितिमा सहमति जुटाउन सफल भएको सभापति खतिवडाले बताउनुभयो । उहाँले सो प्रतिवेदन तयार गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका सम्बन्धित पक्षसँग छलफल गरिएको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय