अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४३ | Colorodo: 20:58

अर्थमन्त्री पुनको दाबी: सरकारले जिम्मेवारीपूर्वक बजेट ल्याएको छ

बिआरटीनेपाल २०८१ जेठ २० गते ५:०१ मा प्रकाशित

अर्थमन्त्री वर्षमान पुनले सरकारले जिम्मेवारीपूर्वक बजेट ल्याएको बताउनुभएको छ । प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्दै उहाँले सन्तुलित र संयमित बजेट आएको बताउनुभयो। मन्त्री पुनले बजेट प्रश्तुत पछि सत्तापक्ष र प्रतिपक्षका सांसदबाट पनि स्रोतको संकुचनका बीच बजेट सन्तुलित र वस्तुवादी भएको प्रतिक्रियाबाट सरकारले जिम्मेवारीपूर्वक बजेट प्रस्तुत गरेको महसुस भएको बताउनुभयो।

‘बजेट बनाउँदा स्रोतको संकुचन महसुस गरेका थियौं। राष्ट्रिय अर्थतन्त्रमा संकुचन देखिएको अवस्थामा चालु आर्थिक वर्षमा ३.९ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने अनुमान केन्द्रिय तथ्याङ्क कार्यालयले प्रस्तुत गरेको छ। गत वर्ष १.९ प्रतिशतको आर्थिक वृद्धि थियो। त्यो भन्दा यो राम्रो हो,’ उहाँले भन्नुभयो, ‘यस अर्थमा मुलुकको अर्थतन्त्र लयमा फर्किंदै गएको छ। सुखद् अवस्था हो तर पनि मुलुकको अर्थतन्त्र पूरै लयमा आइसकेको छैन।’

सन्तुलित र संयमित बजेट आएको भन्दै निजी क्षेत्रले स्वागत गरेको उहाँले बताउनुभयो । सिमित साधन स्रोतलाई विनियोजन कुशलताका साथ जिम्मेवारीपूर्वक विनियोजन गर्ने प्रयास गरिएको उहाँको भनाई छ । ‘राजश्वका दरहरुमा निकै कम मात्रै चलाउन खोज्यौं। अर्थतन्त्र अफ्ठ्यारोबाट विस्तारै लयमा आइरहेको बेलामा निजी क्षेत्रको मनोबल उठाउने भनेको नीतिको निरन्तरता र स्थायित्व भएको राजश्वमा कम क्षेत्र समाएका छौं। राजश्वका दर उद्योग र उत्पादनको संरक्षण गर्न समाएका छौं,’ पुनले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय