अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०६ | Colorodo: 16:21

शेयर बजार साढे १३ अङ्कले बढ्याे

बिआरटीनेपाल २०८१ जेठ २० गते ५:०१ मा प्रकाशित

हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८३ दशमलव शून्य चार विन्दुमा पुगेको छ ।आज लगानी, उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार, बीमा, फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज मल्टीप्रपोज फाइनान्स र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन नारायणी विकास बैंकको शेयर भने नौ प्रतिशतभन्दा धेरैले घटेको छ । आज तीन सय ३५ वटा कम्पनीका ९६ लाख ९७ हजार कित्ता शेयर चार अर्ब ३१ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको २२ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू