नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाससहितका प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता नरहेको बताउनुभएको छ । आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो पार्टी राजनीतिको महत्वपूर्ण घटक भएको र सबै नेताहरुसँग छलफल चल्ने कुरा स्पष्ट रहेको बताउनुभयो।
अध्यक्ष नेपालले सबैले नेताहरुसँग भेट गर्न र सम्पर्क बढाउन पाउने बताउनुभयो। उहाँले सरकारमा कुनै असमझदारी नबनाउन आफूले यसबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराएको पनि बताउनुभयो। नेपालले देशको राजनीति कति बेला के हुन्छ भन्नसक्ने स्थितिमा नरहेको बताउनुभयो। उहाँले आफ्नो पार्टी दुई वटा नाउमा खुट्टा हिँड्ने खाले नरहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘हामी एउटा महत्वपूर्ण घटक भएको हुनाले हामी त्यो बैठकमा सहभागी भयौँ। सबैले नेताहरुसँग सम्पर्क गर्न पाउँछन्। हामी पनि पाउँछौँ। अन्यथा रुपमा कसैले आत्तिनुपर्ने आवश्यकता छैन।’