अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४५ | Colorodo: 21:00

मुगु र दार्चुलामा यार्सागुम्बा टिप्न गएका तीन जनाको ज्यान गयो

बिआरटीनेपाल २०८१ जेठ १९ गते ८:३७ मा प्रकाशित

मुगु र दार्चुलामा यार्सागुम्बा टिप्न गएका तीन जनाको ज्यान गएको छ । यार्सागुम्बा टिप्न जाँदा मुगुमा लेक लागेर दुई जना र दार्चुलामा भिरबाट लडेर एक जनाको ज्यान गएको हो ।मुगुमा ज्यान गुमाउनेमा छायानाथ रारा नगरपालिका वडा नम्बर १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र कम्फा गाउँका शोभान बुढा रहेका प्रहरीले जनाएको छ । मुगुमा यार्सा संकलनमा गएका एक जना गम्भीर बिरामी भएका छन् ।

यस्तै दार्चुलामा अपिहिमाल गाउँपालिका–३ राताभिटाका २४ वर्षका मिलन कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । कार्कीको अपिहिमाल गाउँपालिका ३ दोनथे वनमा यार्सागुम्बा खोज्दै गर्दा भीरबाट लडेर ज्यान गएको हो ।

यो समयमा हिमाली जिल्लाका बासिन्दा बहुमुल्य जडिबुटी यार्सागुम्बा खोज्न हिमालतिर जाने गरेका छन् । विशेष गरेर दार्चुला, बझाङ, डोल्पा, मुगु लगायतका जिल्लाका बासिन्दा यार्सागुम्बा खोज्ने जाने गरेका छन् । हिमाली भीरपाखामा यार्सागुम्बा खोज्ने क्रममा कतिपयको लडेर ज्यान जाने गरेको छ । कयौं घाइते हुने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय