अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१९ | Colorodo: 06:34

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा गाजा युद्ध अन्त्य गर्ने इजरायली प्रस्ताव सार्वजनिक

बिआरटीनेपाल २०८१ जेठ १९ गते ८:२६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा द्वन्द्व अन्त्य गर्न इजरायलले हमाससँग गरेको प्रस्ताव सार्वजनिक गर्नुभएको छ । बाइडेनले हमासलाई प्रस्ताव स्वीकार गर्न आग्रह गर्दै अब युद्ध अन्त्य गर्नुपर्ने समय भएको बताउनुभएको बीबीसीले जनाएको छ ।तीन चरणको प्रस्तावअन्तर्गत ६ हप्ता लामो युद्धविराम हुनेछ । ६ हप्ताको समयमा मानवीय सहायता पुर्‍याउने क्रमलाई तीव्र बनाइनेछ भने प्यालिस्टिनी बन्दीको सट्टा केही बन्धक रिहा गरिनेछन् । यो सम्झौताले स्थायी रूपमा युद्धलाई अन्त्य गर्नेछ र गाजाको पुनर्निर्माणको एउटा प्रमुख योजना तय गरिनेछ । पुनर्निर्माणमा अमेरिका र अरू अन्तर्राष्ट्रिय निकायले घर, विद्यालय र भवन निर्माण गर्न सहयोग गर्ने विषय पर्छन् ।

हमासले प्रस्तावलाई आफूले सकारात्मक ढङ्गले हेरेको बताएको बीबीसीले जनाएको छ । यस्तै बेलायतका विदेशमन्त्री डेविड क्यामरनले पनि इजरायलको प्रस्ताव स्वीकार गर्न हमासलाई अनुरोध गर्नुभएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले पनि इजरालयको प्रस्तावलाई स्वागत गर्दै यसले मध्यपूर्वमा शान्ति ल्याउन सक्ने बताउनुभएको छ । कतारमा रहेका मध्यस्थकर्तामार्फत हमासलाई प्रस्ताव पठाएको अमेरिकी राष्ट्रपति बाइडेनले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू