अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०३ | Colorodo: 06:18

भारतमा लोकसभा चुनावअन्तर्गत आज अन्तिम चरणको मतदान

बिआरटीनेपाल २०८१ जेठ १९ गते ८:०९ मा प्रकाशित

भारतमा लोकसभा चुनावअन्तर्गत आज सातौं एवम् अन्तिम चरणको मतदान भएको छ । आज आठ वटा राज्य तथा केन्द्र शासित प्रदेशका ५७ सिटमा लोकसभा सदस्य चुन्न मतदान भएको हो ।आज बिहारका आठ, हिमाचल प्रदेशका चार, झारखण्डका तीन, ओडिशाका ६, पञ्जाबका १३, उत्तर प्रदेशका १३, पश्चिम बंगालका नौ र चण्डीगढको एक सिट मतदान भएको हो । आज भएको मतदानका लागि योग्य मतदाताको सङ्ख्या १० करोड ६० लाख जना रहेको थियो ।

आज प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्रमा पनि मतदान भएको छ । गएको अप्रिल १९ तारिखदेखि मतदान शुरु भएको थियो । सबै मतदान पूरा भएपछि आजैदेखि मतगणना शुरु हुने केन्द्रीय निर्वाचन आयोगलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जुन ४ तारिख अर्थात् आउँदो मंगलवारसम्म परिणाम घोषणा गर्ने तयारी छ । लोकसभाको पाँच सय ४३ जना सदस्यका लागि विभिन्न चरणमा गरी चुनाव भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू