अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१९
| Colorodo: 00:34
अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन फेरि अस्वीकार गरेको छ । आज दिउँसो अन्तर्वार्ताका लागि अमेरिकी दूतावास पुगेका सन्दीपलाई भिसा दिन दूतावासले अस्वीकार गरेको हो ।यसअघि गएको जेठ ९ गते पनि सन्दीपलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो । बलात्कारको मुद्दामा सन्दीपले उच्च अदालत पाटनबाट सफाइ पाएका थिए ।
सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउन र खेल्ने वातावरण बनाउन भन्दै सरकारले भिसाका लागि अमेरिकी दूतावासमा पत्र पठाएको थियो । टी–२० विश्वकप जुन २ तारिख अर्थात् आइतवारदेखि अमेरिका र वेस्ट इन्डिजमा शुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेल जुन ४ तारिख अर्थात् मङ्गलवार नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालको राष्ट्रिय क्रिकेट टोली अहिले अमेरिकामा छ ।