अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२१
| Colorodo: 03:36
नेकपा (एमाले) को दुई दिने राष्ट्रिय महिला भेला काठमाण्डौको प्रज्ञा भवनमा आजदेखि शुरु भएकाे छ । भेलाको आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको छ । भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी झन्डै पाँच हजार जनाको सहभागिता रहेको छ ।
२०६३ जेठ १६ गते आमाका नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई व्यवस्थापिका संसद्को सङ्कल्प प्रस्तावका रूपमा पास गरेको दिनको स्मरणमा भेलाको आयोजना गरिएको हो । भेलाको संयोजन एमालेको जनसङ्गठन संयन्त्रले गरेको छ ।