अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३४ | Colorodo: 03:49

पशुपतिनाथका चार वटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने

बिआरटीनेपाल २०८१ जेठ १६ गते ६:४७ मा प्रकाशित

आउँदो असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चार वटै ढोका बिहान ४ बजे नै खोलिने भएका छन् ।

दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चार वटै ढोकाबाट दर्शन गर्न पाऊन् भन्ने उद्देश्यका साथ असार १ गतेदेखि पशुपतिनाथको चार वटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

यसअघि महाशिवरात्रि, हरितालिका तिज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय