अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०८ | Colorodo: 05:23

२१ औँ संस्करणकाे ‘किम्फ’ शुरु

बिआरटीनेपाल २०८१ जेठ १६ गते ६:४४ मा प्रकाशित

नेपालमा छायाङ्कन भएको ‘द टाइगर्स नेस्ट’ को प्रदर्शनसँगै २१ औँ काठमाण्डाै अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) शुरु भएको छ ।इटालीका निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’ एक किशोर र बाघको डमरुबीचको आत्मीय सम्बन्धको कथा हो । मान्छे र जनावरको भावनात्मक सम्बन्धको कथा चित्रण गर्ने ‘द टाइगर्स नेस्ट’ मा हिमालको प्राकृतिक चित्रण पनि सशक्त छ ।

त्यसअघि उद्घाटन समारोहमा मुख्य प्रवचन दिँदै लेखक तथा निर्देशक जोन पोर्टरले मानव सभ्यतामा हिमाली पर्वतमालाको ठूलो प्रभाव रहेको बताउनुभयो । राष्ट्रिय सभा गृह र नेपाल पर्यटन बोर्डमा आयोजना भइरहेको महोत्सवमा २२ देशका ६० भन्दा बढी चलचित्रको प्रदर्शन हुँदै छ । महोत्सव जेठ २० गतेसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू