अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२२
| Colorodo: 03:37
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित भएको छ । अधिवक्ता अनुपम भट्टराईले महान्यायाधिवक्ता कार्यालय र लामिछानेलाई विपक्षी बनाइ दायर गरेको रिटमा आजका लागि तोकिएको पेसीमा सुनुवाई रोकिएको हो ।
रिट न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको थियो । न्यायाधीश नियुक्त हुनुअघि पोखरेलले लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको पक्षमा वहस गर्नुभएकाले निवेदक भट्टराईले सुनुवाई स्थगित गर्न माग गरेको बुझिएको छ । रिट अन्तिममा ‘हेर्न नमिल्ने’ मा पर्ने निश्चित भएका कारण निवेदकले सुनुवाइ स्थगित गरेका हुन् ।