अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०९
| Colorodo: 17:24
नेपाली कांग्रेसले सरकारसँग सहकारी प्रकरण संसदीय छानबिन समितको टीओआरसम्बन्धी सहमतिको अनुमोदन गरेको छ । आज बसेको संसदीय दलको बैठकले सहमतिबारे ब्रिफिङ गरेर बैठकले अनुमोदन गरेको प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो । उहाँले कार्यदल बसेर कार्यादेश टुंग्याइएको जानकारी दिनुभयो ।।
‘आज बस्ने प्रतिनिधिसभाको बैठकबाट कार्यादेश पारित हुनेगरी प्रस्तुत हुन्छ । हामी समितिमा बस्नेको नाम तीन बजेसम्ममा दिइसक्छौं’- लेखकले भन्नुभयो । हिजो अबेरसम्म बालुवाटारमा बसेको बैठकमा सत्ता पक्ष र प्रमुख प्रतिपक्ष कांग्रेसबीच ७ सदस्यीय संसदीय छानबिन समिति बनाउने सहमति भइसकेको थियो । जसमा एमाले र कांग्रेसबाट दुईरदुई जना, माओवादी, रास्वपा र राप्रपाबाट एक/एक जना रहने छन् ।