अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०७ | Colorodo: 17:22

सहकारीपीडितको प्रदर्शन

बिआरटीनेपाल २०८१ जेठ १४ गते ६:३७ मा प्रकाशित

सहकारी पीडितले काठमाडौँको माइतीघर मण्डलादेखि नयाँ बानेश्वसम्म विरोध र्‍याली निकालेका छन्। यसअघि सरकारसँग भएका सम्झौता कार्यान्वयनको माग गर्दै उनीहरुले सोमबार प्रदर्शन गरेका हुन्। सरकारसँग पटक–पटक भएका सम्झौता कार्यान्वयन नभएको उनीहरुको गुनासो छ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा प्रदर्शन गरिएको हो। प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा घम्साघम्सीसमेत भएको थियो। उनीहरुले प्रहरीले लगाएको काँडेतार हटाएर अघि बढ्न खोजेपछि तनावको अवस्था सिर्जना भएको थियो।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय