अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३२
| Colorodo: 00:47
विश्वकप टी–२० क्रिकेटका लागि आधिकारिक अभ्यास खेल आजबाट सुरु हुँदैछ । अमेरिका र वेष्ट इंडीजमा अर्को साता सुरु हुने विश्वकप क्रिकेटको पहिलो अभ्यास खेलमा आज नेपालले क्यानाडको सामना गर्नेछ । खेल टेक्सासको डालसस्थित ग्राण्ड प्राइरे रंगशालामा नेपाली समय अनुसार आज बेलुकी सवा ९ बजे सुरु हुनेछ । दोस्रो अभ्यास खेलमा नेपालले बिहिवार अमेरिकासँग खेल्नेछ ।
नेपालले विश्वकपको तयारीका लागि वेष्ट इंडिज र अमेरिकामा केही अनौपचारिक अभ्यास खेल भने खेलिसकेको छ । टी–२० विश्वकप क्रिकेटको समुह ‘डि’ मा रहेको नेपालले लिग चरणमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्ससँग खेल्नेछ । नेपालकोे पहिलो खेल जेठ २२ गते दक्षिण अफ्रिकासँग हनेछ ।