अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०५ | Colorodo: 18:20

भ्रम

रन्जु मार्ग २०८१ जेठ ११ गते ९:४१ मा प्रकाशित

लघुकथा:
बाटोमा हिड्दै गर्दा कोही परबाट आउँदै गरेको देखेँ । नजिक आई पुग्दा उनले मलाई पुलुक्क हेरिन् र मुस्कुराइन ।
सोचेँ- उनले मलाई मनपराईन । त्यो दिनभरि मनमा खुल्दुली भै’रहयो। मन तरंगीत भै’रहयो। रात भर निदाउन सकिन् ।
आँखामा उनकै अनुहार झलझली सम्झिरहेँ ।
#
लगातार कैयौँ दिनसम्म उनलाई बाटोमा एउटै ठाउँमा देख्दा मेरो मन लजाउन थालेको थियो । उनी बिस्तारै बिस्तारै म भित्र बस्न थालिन् । म उनलाई मन पराउन थालेछु,पत्तै पाइनँ । उनलाई नदेख्दा म आफूलाई शून्य महसुस गर्न थालेछु । घाम लागे पनि नलागे जस्तो । हावा चले पनि नचले जस्तो । खै के भै रहेछ, मलाई ?
म त उनलाई भेट्छु भनेर दिनदिनै त्यही बाटो पो हिँड्न थालेछु।
##

आज त्यही बाटोबाट उनी आइरहेको देखेँ। उनी नजिक आइन् । मेरो मन खुसी भयो। यो पल्ट जसरी भए पनि मनको कुरा भन्छु भनेर आँट गरेँ । छेउमा पुगेर भनेँ -‘म तिमीलाई मन पराउँछु। ‘
###
यो पल्ट उनी सधैँझैँ मुस्कुराइनन् । आँखा भरी आँसु पारिन् । भुईँतिर हेरेर भनिन्, “ म प्रकृतिबाट ठगिएको छु। म पनि तपाई जस्तै पुरुष हुँ !