अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३० | Colorodo: 23:45

धावनमार्गमा खाल्डो परेपछि त्रिभुवन विमानस्थलमा उडान/अवतरण १ घण्टा अवरुद्ध

बिआरटीनेपाल २०८१ जेठ ११ गते ६:४५ मा प्रकाशित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा खाल्डो परेपछि एक घण्टा उडान तथा अवतरण रोकिएको छ । बिहान पौने १२ बजेदेखि दिउँसो पौने १ बजेसम्म उडान तथा अवतरण अवरुद्ध भएको विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाले जानकारी दिनुभयो ।

धावनमार्गमा खाल्डो देखिएपछि केही विमानलाई आकाशमै ‘होल्ड’ मा राख्नुपरेको थियो । मर्मतपछि सुक्न समय लागेकाले एक घण्टा विमानस्थल बन्द गर्नुपरेको हो । धावनमार्गमा परेको खाल्डो पुरेपछि सबै उडान अवतरण पुनः शुरु भएको  विमानस्थल कार्यालयका प्रवक्ता झाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय