अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४९ | Colorodo: 00:04

शुक्रबार नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची

बिआरटीनेपाल २०८१ जेठ १० गते ७:०९ मा प्रकाशित

प्रतिनिधि सभाले शुक्रबार नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची तय गरेको छ । सभामुख देवराज घिमिरेसँगको समन्वयमा संसद् सचिवालयले शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने गरी सम्भावित कार्यसूची तय गरेको हो । जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुनेछ । प्रतिनिधि सभामा जम्मा दुई वटा संशोधनको सूचना दर्ता भएको छ । संसद् सचिवालयका अनुसार नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०का सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नीति तथा कार्यक्रममाथि छुट्टाछुट्टै संशोधनको सूचना दिनुभएको थियो । उनीहरूले नीति तथा कार्यक्रमको विभिन्न बुँदामा संशोधनको प्रस्ताव राखेका छन् ।

नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिने सांसदहरूलाई बैठक बस्नुभन्दा एक घण्टा अगावै नाम टिपाउन भनिएको छ । त्यसक्रममा हुने छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुुहनेछ । त्यसपछि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय