अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०७ | Colorodo: 18:22

साहित्यकार पदम विश्वकर्माको उपन्यास ‘पाताल’को गृहलोकार्पण तथा पुस्तक चर्चा कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०८१ जेठ ७ गते १५:०८ मा प्रकाशित

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाद्वारा आयोजित साहित्यकार पदम विश्वकर्माको उपन्यास ‘पाताल’को गृहलोकार्पण तथा पुस्तक चर्चा कार्यक्रम साहित्यप्रेमीहरू, नेपाली संस्थाका प्रतिनिधिहरू र स्थानीय नेपालीहरूको बाक्लो उपस्थिति बिच सम्पन्न भयो ।

कार्यक्रममा अनेसास केन्द्रका सदस्य तारा अधिकारीले उपन्यासकार पदम विश्वकर्माको चिनारी प्रस्तुत गर्नुभएको थियो भने साहित्यकार पुष्पराज पौडेल र अनेसास बोर्ड अफ ट्रष्टिज पुरस्कार समितिका सदस्य डा. विजयराज शर्माले कृति माथि आफ्नो समालोचकीय दृष्‍टिकोण प्रस्तुत गर्नुभएको थियो ।

यसै गरी पुस्तक माथि अनेसासका पूर्व केन्द्रीय अध्यक्ष मोहन सिटौलाले गर्नुभएको टिप्पणी कार्यक्रमका संचालक अनेसास कोलोराडो शाखाका महासचिव किरण अधिकारीले पढेर सुनाउनुभएको थियो । पातल उपन्यासका कृतिकार पदम विश्वकर्माले लेखकीय अभिव्यक्ति प्रस्तुत गर्दै उपन्यासमा समेटिएको विषयवस्तु माथि चर्चा गर्दै नेपाली र अन्य विदेशीहरू तल्लो बाटोबाट अमेरिका आउने क्रममा व्यहोर्न परेको दु:ख कष्टले आफूलाई धेरै छोएको र उपन्यास लेख्न अभिप्रेरित गरेको बताउनुभयो ।

अनेसासका पूर्व केन्द्रीय उपाध्यक्ष शान्तिराम ढकालले शुभकामना सन्देश दिनुभएको थियो यसै गरी कृतिकार पदम विश्वकर्माका छोरा पवन विश्वकर्माले परिवारको तर्फबाट आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि हिरण्य भोजपुरेले कृतिकारलाई बधाई तथा शुभकामना दिनुभएको थियो । पुस्तकको लोकार्पण हिरण्य भोजपुरे, तारा अधिकारी, कमला विश्वकर्मा, रमेश गुरुङ, डा. भीमप्रकाश कट्टेल, प्रमिला शर्मा, सुनील पाठक र राजु सिटौलाको हातबाट भएको थियो । कार्यक्रमको सभापतित्व अनेसास, कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाले गर्नुभएको थियो ।

फोटो: राजेन्द्र सिग्देल

प्रतिक्रिया