राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले सभामुख देवराज घिमिरे सभामुखको रुपमा नभई पार्टीको कार्यकर्ताको रुपमा प्रस्तुत हुनुभएको बताउनुभएको छ ।सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक शाहीले प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले सभामुखको रुपमा भुमिका निर्वाह नगरेको बताउनुभएको हो ।
प्रमुख सचेतक शाहीले सभामुखलाई सभामुखको रुपमा कुर्सीमा बसेको नदेखेर पार्टीको कार्यकर्ताको रुपमा कुुर्सीमा देखेको टिप्पणी गर्नुभयो । उहाँले सभामुखलाई सभामुख हो वा अमुक पार्टीको कार्यकर्ता हो भनि प्रश्न समेत गर्नुभयो । उहाँले बैठकमा प्रमुख प्रतिपक्ष दल लगायतका अन्य प्रतिपक्ष दलहरुले अवरोध गर्दागर्दै प्रधानमन्त्रीले विश्वासको मत लिनुले पनि सभामुखको भुमिकाप्रति प्रश्न उठेको बताउनुभयो ।
प्रमुख सचेतक शाहीले प्रतिपक्ष दलहरुको साझा निष्कर्ष नै सभामुखको भुमिका सभाभुखको जस्तो नभएको रहेको बताउनुभयो ।