अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४० | Colorodo: 08:55

नेपालबाट हुने चीन विरोधी गतिविधि सह्य हुन्न : राजदूत सोङ

बिआरटीनेपाल २०८१ जेठ ६ गते ६:२४ मा प्रकाशित

नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाली भूमिबाट चीन विरोधी गतिविधि कुनै पनि हालमा सह्य नहुने चेतावनी दिनुभएको छ । नेपालको सार्वभौमसत्ता स्वतन्त्रता र आफू सुहाउँदो सामाजिक व्यवस्था लिने नेपालको अधिकारको चीनको पूर्णसम्मान रहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले कुनै अन्य मुलुकको नाम नलिइ चीन विरोधीप्रति गतिविधि सह्य नहुने बताउनुभएको हो । नेपाल र चीन बीचको कुटनीतिक सम्बन्ध स्थापना भएको ७५औँ वर्ष को अवसरमा नेपाल चीन फ्रेण्डसिन फोरमद्धारा आयोजित कार्यशालमा राजदूतले द्विपक्षीय सम्बन्धका विगत र भविष्य अत्यन्त सकारात्मक रहेको पनि बताउनुभयो।

चीन र नेपाल पहाडी शृशंखलाबाट जोडिएका छन्। चीन नेपालको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। चीन नेपालमा सबैभन्दा ठूलो प्रत्यक्ष लगानीकर्ता र दोस्रो ठूलो व्यापार साझेदारका रुपमा छ। र उ भौतिक पूर्वाधार विस्तारमा सक्रिय रहेको राजदूत सोङले बताउनुभयो। यो वर्षदेखि चीनले नेपाली पर्यटकहरुई भिसा निःशुल्क गरेको छ।

सन् १९७० मा संयुक्त राष्ट्रसंघको महासभाको प्रस्तावमा २७५८ द्वारा पिपुल रिपब्लिक अफ चाइना नै एक मात्रै नै चीन रहेको र ताइवान उसको एक भाग रहेको त्यस प्रस्तावले विश्वव्यापी अनुमोदन पाएको सोङको भनाइ छ। अहिले चीनले द्वैत्य सम्बन्धमा स्थापना गरेका विश्वका १८३ मुलुक यही सिद्धान्तका आधारमा जोडिएका छन्। ताइवान चीनको भाग भएको ऐतिहासिक र कानुनी तथ्य छन्। त्यसलाई कुनै तरिकाले परिवर्तन गर्न सक्दैन । ‘पक्कै पनि ताइवान चीनमा गाभिने छ, सोङले भन्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय