अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२५ | Colorodo: 08:40

गृहमन्त्री लामिछानेको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

बिआरटीनेपाल २०८१ जेठ ६ गते ६:०३ मा प्रकाशित

गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै नेपाल विद्यार्थी संघले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्न माग गर्दै नेपाली कांग्रेसनिकट विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्। उनीहरुले सहकारी पीडितलाई न्याय दिन माग गरेका छन्।

यस्तै, उनीहरुले गरिबन्धु टी–स्टेटको जग्गा सट्टापट्टा प्रकरणमा संलग्नलाई कारबाहीको मागसमेत गरेका छन्। कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय