अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३९ | Colorodo: 08:54

‘पत्रकार महासंघको निर्वाचन तोकिएकै मितिमा हुन्छ’

बिआरटीनेपाल २०८१ जेठ ५ गते ६:१५ मा प्रकाशित

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले महासंघको निर्वाचन तोकिएको मितिमा हुने बताउनुभएको छ । महासंघको प्रतिष्ठान प्रदेश कमिटीको चौथो साधारणसभा तथा पत्रकारिताको सामयिक विमर्श विषयमा अध्यक्ष पोखरेलले महासंघको निर्वाचन यही जेठ २६ गते नै हुने बताउनुभयो । निर्वाचन सर्छ भन्ने आशङ्का नराख्न आग्रह गर्दै उहाँले निर्वाचन समिति गठन गरी समितिले कार्य प्रारम्भ गरिसकेको जानकारी दिनुभयो ।

महासंघको गत वैशाख २१ र २२ गते काठमाडौँमा सम्पन्न २७ औँ राष्ट्रिय महाधिवेशनले केन्द्र, प्रदेश र जिल्लामा नयाँ नेतृत्वका लागि मिति निर्धारण गरेको थियो । सदस्यता शुद्धीकरणले अन्तिम रुप नलिइसकेकाले समयमा निर्वाचन हुन नसक्ने आशङ्का गरिएको थियो । कार्यक्रममा महासंघका पूर्वसभापति तथा वक्ताहरुले पत्रकारिता क्षेत्रलाई व्यावसायिक, स्वतन्त्र र जिम्मेवार बनाउन नयाँ पुस्ता लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

उहाँहरुले महासंघमा दलीय निकटताका आधारमा भागबण्डा खोज्ने प्रवृत्ति गलत भएको पनि बताउनुभएको थियो । पूर्वसभापति हरिहर विरही, विष्णु निष्ठुरी, डा.सुरेश आचार्य, डा.महेन्द्र विष्ट, वर्तमान सल्लाहकार निर्मला शर्मालगायतले महासंघलाई साझा र व्यावसायिक पत्रकारको छाता संस्थाकारुपमा कायम राख्न आग्रह गर्नुभएको थियो ।

साधारणसभाबाट साङ्गठनिक र आर्थिक प्रतिवेदनका साथै पत्रकारितालाई शुद्धीकरण गर्नेलगायत विभिन्न घोषणापत्र पारित गरेको छ । सो प्रदेश कमिटीको अधिवेशनको उदघाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय