अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:११ | Colorodo: 12:26

तराई क्षेत्रमा अबको केही दिन अत्यधिक गर्मीको सम्भावना

बिआरटीनेपाल २०८१ जेठ ३ गते ७:०३ मा प्रकाशित

तराई क्षेत्रमा अबको केही दिन अत्यधिक गर्मीको सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा धेरै मापन भएको छ । केही दिनदेखि अधिकतम र न्यूनतम तापक्रम बढ्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन निकालेर तराई क्षेत्रमा अबको तीन दिन तातो हावा तथा लहर अर्थात् ‘लू’ चल्न सक्ने भएकाले सम्भावित असरबाट जोगिन आवश्यक सर्तकता अपनाउन अनुरोध गरेको छ ।

यसैबीच तातो हावाको लहरबाट बच्नका लागि जनचेतना तथा प्रचारप्रसार गर्न आवश्यक रहेको विज्ञले बताएका छन् । जल तथा मौसम विज्ञान विभागले यस वर्ष तापक्रम बढ्ने प्रक्षेपण गरिसकेको छ ।  जनस्वास्थ्यविद् डा. समीर अधिकारीले तातो हावाका कारण मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पुग्नसक्ने भन्दै यसबाट जोगिन आवश्यक रहेको बताउनुभयो ।

तातो हावा अर्थात् ‘लू’ का कारण सास फेर्न गाह्रो हुने, आलस्य बढ्ने, आँखाको समस्यालगायत हुन सक्छ । गर्मीको समयमा घरभित्र अथवा चिसो ठाउँमा बस्न, घाममा ननिस्कन, हल्का, पातला लुगा लगाउन, टाउको छोप्न, झोलिला पदार्थ पानी, जुस, सर्वत प्रशस्त्र पिउन र स्वास्थ्यमा समस्या भएमा अस्पताल जान डाक्टरको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय