अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०८ | Colorodo: 12:23

ऊर्जा आयोजनाका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन इप्पानको माग

बिआरटीनेपाल २०८१ जेठ ३ गते ७:०२ मा प्रकाशित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई भेटेर जलविद्युत् लगायतका ऊर्जा आयोजनाका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन माग गरेको छ ।

गृह मन्त्रालयमा आज भएको भेटमा इप्पान अध्यक्ष गणेश कार्कीले ऊर्जा आयोजनामा धेरै खालका सुरक्षा जोखिम रहेको भन्दै यसको समाधानका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाएर लागू गर्न माग गर्नुभएको हो । कार्कीले प्रसारण लाइन निर्माणको अवरोधले जलविद्युत् आयोजनाहरू प्रत्यक्ष रूपमा प्रभावित भइरहेको भन्दै प्रसारण लाइन निर्माणमा हुने अवरोध अन्त्य गर्न पनि गृहमन्त्री लामिछानेसँग आग्रह गर्नुभएको छ ।

भेटमा उपप्रधान एवम् गृहमन्त्री लामिछानेले ऊर्जा सुरक्षा नीति बनाएर ऊर्जा व्यवसायीलाई सुरक्षा दिने विषयमा आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । मन्त्री लामिछानेले ऊर्जा आयोजना निर्माण गर्दा जग्गा प्राप्ति र अधिग्रहणमा गृह मन्त्रालयको साथ चाहिएमा मन्त्रालयले सधैँ सहयोग गर्ने पनि प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय