अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५७ | Colorodo: 12:12

उच्च अदालतको फैसलापछि सन्दीपको प्रतिक्रिया-‘अदालतले न्याय दियो, न्यायमूर्तिप्रति आभारी छु’

बिआरटीनेपाल २०८१ जेठ २ गते ६:३९ मा प्रकाशित

उच्च अदालत पाटनले सफाइ दिने फैसला गरे सँगै क्रिकेटर सन्दीप लामिछानेले न्यायालयप्रति आभार व्यक्त गरेका छन् । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले सन्दीपलाई दोषी ठहर गर्ने जिल्ला अदालतको फैसला उल्टाइदिएको छ । फैसलापछि नेपाल प्रेसलाई पहिलो प्रतिक्रिया दिँदै सन्दीपले अदालत र न्यायाधीशहरुप्रति आभार प्रकट गरे । ढिलै भए पनि आफूले न्याय पाएको उनको भनाइ छ ।

‘मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु । अदालतप्रति मेरो विश्वास र आस्था निरन्तर थियो र भविष्यमा पनि अटल रहनेछ’, सन्दीपले भनेका छन् । उनले आफ्नो निर्दोषितामा विश्वास गरेर साथ दिने लाखौं शुभचिन्तकहरुलाई पनि धन्यवाद दिएका छन् । सन्दीपले भनेका छन्, ‘कठिन अवस्थामा पनि मलाई तपाईंहरुको साथ र हौसलाले बलियो बनाइराख्यो । यसका लागि म सदा ऋणी रहनेछु । समर्थकहरुको यो मायाले खेलमार्फत राष्ट्रका लागि योगदान दिने मेरो अठोट र अभिलाषा अझै उच्च बनेको छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय