अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४६ | Colorodo: 15:01

सहकारी ठगीमा संसदीय छानबिन समिति गठनकाे माग गर्दै नेविसङ्घकाे प्रदर्शन

बिआरटीनेपाल २०८१ जेठ २ गते ५:०२ मा प्रकाशित

सहकारी ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले प्रदर्शन गरेको छ ।नेविसङ्घका कार्यकर्ताले आज बिहान त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् । उनीहरूले पीडितलाई न्याय दिनुपर्ने माग गरेका छन् । हातमा पोस्टरसहित प्रदर्शनमा सहभागी भएकाहरूले गृहमन्त्रीविरुद्ध चर्काे नाराबाजी पनि गरेका छन् ।

यसअघि हिजो कांग्रेस भातृ सङ्गठन महिला सङ्घले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीमाथि छानबिनको माग गर्दै प्रदर्शन गरेको थियो । नेपाली कांग्रेसले यस प्रकरणमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय