अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४२ | Colorodo: 13:57

गीतकार, साहित्यकार, कमला न्यौपानेको गीतको भिडियो सार्वजनिक

बिआरटीनेपाल २०८१ जेठ १ गते ९:२८ मा प्रकाशित

अमेरिका । तरङ्ग एल्बमबाट गीतकार, साहित्यकार, कमला न्यौपानेको (यो हाम्रो झन्डा) गीतको भिडियो सार्वजनिक भएको छ । परदेशमा रहेर पनि आफ्नो मातृभूमि नेपाल र नेपाली गीत संगीतलाई असाध्यै माया गर्ने गीतकार कमला न्यौपाने, निरन्तर आफ्नो सृजनालाई श्रोता दर्शक माझ पस्किने क्रममा अहिले भने उनले राष्ट्रियतालाई आत्मसात् गर्दै, नेपालीको उच्च मान, नेपालीको शान सूर्य चन्द्रमा सुशोभित राष्ट्रिय झन्डा प्रतिको मायामा ओतप्रोत (यो हाम्रो झन्डा) बोलको गीतको भिडियो, आफ्नै युट्युब च्यानल तरङ्ग वेभ क्रियशनको बाट सार्वजनिक गरेकी छन् ।

मे ५ का दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यान्सस च्याप्टरले एक भव्य समारोह आयोजना गरेर यो गीतलाई सार्वजनिक गरेको थियो ।
उक्त गीतमा लोकप्रिय संगीतकार येदीन गजमेरको सङ्गीत, सञ्जीव बराइलीको सङ्गीत संयोजन रहेको छ, गीतलाई गुञ्जन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा मिक्सिंग मास्टरिङ कृष्ण कुमार महर्जनले गरेका हुन ।

आवाज भने लोकप्रिय सदाबहार गायक रामकृष्ण ढकालको रहेको छ । गीतको भिडियोमा निर्देशन युवराज वाइबा , छायाङ्कन निश्चल पौडेल, सम्पादन विकास दाहालको रहेको छ ।

भिडियोमा उम्दा कलाकार नरेश भट्टराई, कमल सिंह र कविता न्यौपानेको राष्ट्र राष्ट्रियता र झन्डा प्रतिको माया समर्पण सहितको मनमोहक अभिनय देख्न पाइन्छ । भिडियोमा पोस्ट प्रोडक्सन म्यानेजरको रूपमा कार्य गायक अनुप रेग्मीले गरेका हुन् । गीतको भिडियोमा लगानीकर्ता प्रकाश न्यौपाने रहेका छन् ।

आउनुहोस् हेरौँ उक्त राष्ट्रिय गीतको पुरा भिडियो र हामी पनि राष्ट्रिय प्रति सम्मान जनाउ। आशा छ यो गीतले हामी नेपालीको मन मस्तिकमा आफ्नो देश सधैँ उजागर हुनेछ ।

प्रतिक्रिया