अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५० | Colorodo: 15:05

एकीकृत समाजवादी बैठक : १२ समूहमा छलफल

बिआरटीनेपाल २०८१ जेठ १ गते ७:१० मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीका सदस्यहरूलाई १२ वटा समूहमा विभाजन गरिएको छ । केन्द्रीय कमिटीमा प्रस्तुत गरेको दस्ताबेजमा छलफलका लागि १२ समूह बनाइएको हो ।

आजको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक, सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सोही दस्ताबेजमाथि छलफल भइरहेको छ ।

समूहगत छलफलबाट आएका निष्कर्षलाई टोली नेताले प्रस्तुत गरेर भोलि बैठक सक्ने तयारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय