अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०४
| Colorodo: 15:19
सरकारले गरिब घरपरिवारलाई निःशुल्क बीमा, विद्युतीय चुलो र ट्युबेल दिने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा गरिब घरपरिवार पहिचानको काम सक्ने घोषणा गरिएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब घर परिवारको निःशुल्क बीमा गरिने, विद्युतीय चुलो वितरण गर्ने र जमिनमुनिको पानी तान्ने ट्युबेल वितरण गर्नुपर्ने बताउनु भएको हो ।