अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०४ | Colorodo: 15:19

बूढीगण्डकी र नलगाडको निर्माण शुरु गरिने

बिआरटीनेपाल २०८१ जेठ १ गते ५:२२ मा प्रकाशित

सरकारले आउँदाे आर्थिक वर्षदेखि दुई ठूला जलविद्युत् आयोजनाको निर्माण शुरु गर्ने भएको छ । निर्माणमा जान तयार रहेका ती आयोजनाको आवश्यक स्रोतको जोहो गरेर निर्माण शुरु गरिन लागेको हो ।आज सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रममा बूढीगण्डकी जलविद्युत् आयोजना र नलगाड जलाशययुक्त आयोजनाको निर्माण अगाडि बढाउने उल्लेख छ ।

एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको पूर्वतयारीको काम सम्पन्न भइसकेको छ । मुआब्जा वितरणलगायतका काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको शीघ्र शिलान्याश गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताउँदै आउनुभएको छ । धादिङ र गोरखाको सीमा भएर बहने बूढीगण्डकी नदीमा निर्माण हुने आयोजनालाई बहुउद्देश्यीय बनाउने समेत सरकारको सोच छ ।

यस्तै चार सय १७ मेगावाट क्षमताको नलगाड आयोजनाको समेत विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । याे आयोजना निर्माणका लागि सरकारले आवश्यक तयारी गरेको छ ।  सरकारले नीति तथा कार्यक्रममा जलस्रोतको समग्र विकास र उपयोगका लागि राष्ट्रिय ऊर्जा नीति र जल तथा मौसम विज्ञान नीतिका साथै जलस्रोत, ऊर्जा दक्षता तथा नवीकरणीय ऊर्जा, सिँचाइ, नदी तथा जल उत्पन्न विपद् व्यवस्थापनसम्बन्धी कानुन कार्यान्वयनमा ल्याउने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय