नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाललाई वाह्य हस्तक्षेपबाट मुक्त गराउन पनि एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउन आवश्यक रहेको बताउनुभएको छ । नेपाल वाह्य हस्तक्षेपको शिकार भईरहेको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले वाह्य शक्तिको हेपाईबाट जोगिन पनि एमाले बलियो शक्तिको रुपमा उदाउन जरुरी रहेको बताउनुभयो । वरिष्ठ उपाध्यक्ष मुलुकलाई वाह्य हस्तक्षेप हुन नदिन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व लिएको बेला काम गरेको समेत स्मरण गराउनु भयो ।
राष्ट्रिय युवा संघ नेपालले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले कहिल्यै पराधिन नभएको मुलुकको राष्ट्रिय स्वाधिनतालाई बचाई राख्न पनि एमाले बलियो शक्ति हुनुपर्ने भएकाले पार्टीको सो अभियान चलाएको पनि स्पष्ट पार्नुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीलाई बलियो राष्ट्रिय शक्तिमा बदल्ने गरी अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीका नेता, कार्यकर्ताहरुलाई भ्रष्ट्रखालका कुनैपनि गतिविधिमा संलग्न नहुने पनि निर्देशन दिनुभयो ।