अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४८ | Colorodo: 15:03

सरकारले मौसम पूर्वानुमानको कामलाई प्रभावकारी बनाउन आवश्यक ध्यान दिनेछ : मन्त्री बस्नेत

बिआरटीनेपाल २०८१ वैशाख ३१ गते ६:४९ मा प्रकाशित

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले मौसम पूर्वानुमानका विषयलाई प्रभावकारी बनाउने गरी योजना तय गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । जल तथा मौसम विज्ञान विभागले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले कम्तिमा २४ घण्टा भित्रको मौसम पूर्वानुमान प्रभावकारी हुनेगरी योजना तय गर्न सम्बन्धित विभागलाई सचेत गराउनुभएको हो ।

मन्त्री बस्नेतले त्यसका लागि मन्त्रालयले सम्बन्धित विभागलाई आवश्यक सहयोग गर्ने पनि बताउनुभयो । मन्त्री बस्नेतले सो कामलाई प्रभावकारी बनाउन विश्वविद्यालय लगायतका सम्बन्धित पक्षसँगको सहकार्यमा जोड दिन पनि जल तथा मौसम विज्ञान विभागलाई भन्नुभयो । उहाँले मौसम पूर्वानुमानको विषयलाई प्रभावकारी बनउन सरकारले आवश्यक ध्यान दिने बताउनुभयो ।

मन्त्री बस्नेतले जल तथा मौसम विज्ञान विभागले कम्तिमा २४ घण्टा भित्रको मौसम पूर्वानुमानको योजना तय गरे सरकारले मातहतका निकायसँग कसरी सहकार्य गरेर अघि बढ्न सहज हुन्छ ? भन्ने बारेमा नीतिगत निर्णय लिन सहज हुने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय