अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०६
| Colorodo: 18:21
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले शैक्षिक पात्रो सुधार गरी त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजकाे बैठकमा उपकुलपति बरालले शैक्षिक पात्रो सुधारअनुसार काम गरिरहेको र तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले हरेक प्रदेशमा परीक्षा गर्ने र उत्तरपुस्तिका त्यही सङ्कलन तथा जाँच गर्ने संरचना बनाउने तयारी भइरहेको पनि बताउनुभयो ।
उपकुलपति बरालले विद्यार्थीलाई जतिसक्दो चाँडो परीक्षाफल दिनका लागि सूचना प्रविधिको प्रयोग गर्ने योजना पनि सुनाउनुभयो । उहाँले बजारको मागअनुसार विश्वविद्यालयको पाठ्यक्रम परिमार्जन गर्ने बताउँदै बजारले मागेको जनशक्ति उत्पादन गर्नका निम्ति नयाँ–नयाँ कार्यक्रम सञ्चालन गर्ने उल्लेख गर्नुभयो ।