अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१५ | Colorodo: 02:30

क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे

बिआरटीनेपाल २०८१ वैशाख ३० गते ७:४६ मा प्रकाशित

क्यानडामा आगलागीका कारण हजारौँ मानिस घर छाडेर भागेका छन् । क्यानडाको पश्चिमी राज्य ब्रिटिस कोलम्बियाको जङ्गलमा  घरबाट भागेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

पार्कर लेकबाट अस्ति शुक्रवार राति शुरु भएको आगो रातभरमा १७ वर्ग किलोमिटरसम्म फैलिएको थियो । सरकारले रातारात नजिकैका गाउँ खाली गराएर ३६ सय जनालाई अन्यत्रै सारेको छ । छिमेकी गाउँका हजारौँ जना सुरक्षित स्थानतर्फ लागेका छन् ।तीव्र गतिको हावाका कारण एउटा रुख विद्युत लाइनमा खसेपछि आगलागी शुरु भएको थियो । त्यसपछि डढेलो नियन्त्रणबाहिर गएको खबरमा उल्लेख छ ।

क्यानडाको अन्तर–एजेन्सी वन आगो केन्द्रका अनुसार अहिले देशभर एक सय ३७ वटा डढेलो सक्रिय छन् जसमा ३९ वटा नियन्त्रणबाहिर पुगेका छन् । क्यानडा सरकारले देशभरको तापक्रम बढ्ने र थप आगलागीको चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू