अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३९ | Colorodo: 00:54

कर्णाली हाफ म्याराथनको उपाधि आर्मीका रावल र एपीएफकी भण्डारीलाई

बिआरटीनेपाल २०८१ वैशाख २९ गते ६:१३ मा प्रकाशित

कर्णाली हाफ म्याराथनको उपाधि पुरुषतर्फ नेपाली सेनाका नरेन्द्र रावल र महिलातर्फ विभागीय टिम सशस्त्र प्रहरी बल ९एपीएफ० की पुष्पा भण्डारीले हात पारेका छन् ।प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिबार बिहान भएको प्रतियोगितामा नेपाली सेनाका रावत र एपीएफकी भण्डारी प्रथम भएका हुन् । भण्डारी एपीएफबाट अन्तर्राष्ट्रियस्तरका दौड प्रतियोगितामा पनि सहभागी हुँदै आएकी छन् ।

प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाकै रामजी बस्नेत दोस्रो र श्रीकश राई तेस्रो भएका छन् । सशस्त्र प्रहरी बल एपीएफका राजन चौधरी चौथो भएका छन् । महिलातर्फ नेपाली सेनाकी सिर्जना पाण्डे दोस्रो र जुम्लाकी राज्यलक्ष्मी रावत तेस्रो भएकी छन् । प्रतियोगितामा प्रथम हुनेलाई ५५ हजार, दोस्रो हुँनेलाई ३० र तेस्रोलाई २० हजार रूपैयाँ पुरस्कार प्रदान गरिएको आयोजक समेत रहेका वीरेन्द्रनगर नगरपालिकाका निवर्तमान मेयर देवकुमार सुवेदीले जानकारी दिनुभयो ।

प्रतियोगितामा विजयी हुनेहरूलाई पुरस्कार वितरण गर्दै कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको क्षमता र आवश्यकता अनुसार खेल क्षेत्रको योजना बनाउने बताउनुभयो ।

प्रतिक्रिया