सर्वोच्च अदालतले गण्डकी प्रदेशको विवादमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । पूर्व मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा आज सुनुवाई गर्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलाशले मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालिन महत्वका कामहरु गर्न नपाउने गरी अन्तरिम आदेश जारी गरेको हो । अधिकारीले विश्वासको मत लिंदा संविधान मिचेको दाबीसहित पाण्डेले रिट दायर गर्नुभएको थियो ।
सर्वोच्चले यो मुद्दालाई गम्भीरतापूर्वक लिँदै पूर्ण सुनुवाइको मिति समेत तोकेको छ । यता, कोशी प्रदेशको विवादमा भने सर्वोच्च अदालतले अन्तरिक आदेश दिन अस्वीकार गरेको छ । कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएको विरुद्ध हाल्नु भएको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । न्यायाधीश हरि फुयाँलको एकल इजलासले विवादको टुंगो लगाउन उक्त मुद्दाको पूर्ण सुनुवाई जेठ ९ गतेदेखि गर्ने निर्णय पनि गरेको छ ।