अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१७ | Colorodo: 18:32

छानबिन समिति बनाए हुन्छ तर संसदमा बोल्न पाउनुपर्छ : गृहमन्त्री लामिछाने

बिआरटीनेपाल २०८१ वैशाख २९ गते ५:४६ मा प्रकाशित

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्न पाउने आफ्नो अधिकार हनन भएको बताउनुभएको छ । साथै उहाँले सहकारी प्रकरणमा ‘छानबिन समिति बनाए  हुन्छ तर संसद्मा बोल्न पाउनुपर्छ’ भन्नुभयो ।शनिबार पत्रकारहरुसँग कुरा गर्दै उहाँले सार्वभौम संसद्मा सबैले बोल्न पाउनुपर्ने बताउँदै आफूमाथि लागेको आरोप प्रमाणित गर्न चुनौती दिनुभयो । “छानबिन समिति बनाए पनि हुन्छ । तर संसदमा बोल्न पाउनुपर्छ ।” उहाँले भन्नुभयो,“ नेपाली कांग्रेसले संसद् र आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘यसो गर, त्यसो नगर’ भनेर आदेश दिने होइन ।”

सहकारी ठगीका मुख्य आरोपी जिबी राईलाई नियन्त्रमा लिने प्रयास भइरहेको उहाँले बताउनुभयो । निजलाई पक्राउ गर्न प्रक्रियागत काम भइरहेका उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ राईलाई पक्राउ गर्न मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइरहेको छ ।” उक्त देशसँग प्रत्यर्पण सन्धि नभएकाले केही समस्या भएको बताउँदै उहाँले त्यसलाई समाधान गरेर निजलाई चाँडै पक्राउ गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रहरीले सवारीचालक अनुमतिपत्र घोटलादेखि ठूला अनियमिततासम्मका फाइल अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । उहाँले प्रश्न गर्नुभयो, “बालमन्दिरको जग्गाको विषय कहिलेदेखि अड्किएको थियो । अहिले २० जनालाई पक्राउ पुर्जी जारी गरिएको  छ । ” गृहमन्त्री लामिछानेले आजै कारागार व्यवस्था कार्यालयको अनुगमन पनि गर्नुभयो । त्यस क्रममा उहाँले कैदीबन्दीको समस्या समाधान गर्न सरकारले नीति तथा कार्यक्रमबाट सम्बोधन गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय