अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४७
| Colorodo: 21:02
सर्वोच्च अदालतले कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएपछि निवर्तमान मुख्यमन्त्री केदार कार्कीले त्यस विरुद्ध सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
सर्वोच्चका न्यायाधीश हरि फुयाँलको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै विवादको टुंगो लगाउन उक्त मुद्दालाई पूर्ण इजलाशमा पठाउने आदेश गरेको हो । अब जेठ ९ गते अर्को सुनुवाई सर्वोच्चको पूर्ण इजलाशमा हुने छ ।